४ श्रावण २०८३, सोमबार

 

सुजुकी मोटरसाइकलको दशै तिहार अफर

सुगम अटोमोबाइलले सुजुकी मोटरसाइकल र स्कुटर खरिदमा उपहारको धमाका ल्याएको छ । दशैदेखि छड पर्वसम्म सुजुकी मोटरसाइकल र स्कुटर खरिदमा विभिन्न उपहार भएको सुगम अटो मोबाइलको प्रोपराइटर कमल खड्काले बताए ।

सुजुकीको विभिन्न मोडेलको मोटरसाइकल खरिदमा न्युनतम १० हजारदेखि विभिन्न उपहार रहेको छ ।लक्की डमा २५० सिसिको मोटरसाइकल पनि उपहार रहेको प्रोपराइटर खड्काले नयाँ विश्वलाई जानकारी दिए ।

हामीले दशै ,तिहार ,नेपालसम्वत र छड पर्व लक्षित गरेर सुजुकी कम्पनीको १२५ सिसि बगम्यान स्कुटर ,१५० सिसिको जिक्सर बाइक , २५० सिसिको जिक्सर बाइक र १५० सिसिको इनटोडल बाइक बजारमा ल्याएको प्रो खड्काले भने ।

बागलुड बजार वडा न. ३ गुठीमा रहेको सुगम अटो मोबाइल कम्पनीले सधै भरी उपभोक्ताको चाहाना र हितमा गुणस्तरीय सेवा दिदै आएको छ । मैले शुरुदेखि नै उपभोक्ताको सन्तुष्टि र अधिकारलाई केन्द्रमा राखेर व्यवसायलाई अगाडि बढाएको खड्काले भने । सुगम अटो मोबाइल कम्पनीले सर्वो लुब्रिकेटको राम्रो व्यापार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung