२३ भाद्र २०८३, मंगलवार

 

त्रिविको उपकुलपतिका लागि डा. भगवान कोइराला सहित ३ जना सिफारिस

त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपतिका लागि डा. भगवान कोइराला सहित तीन जनाको नाम सिफारिस गरिएको छ । विश्वविद्यालयको उपकुलपति सिफारिस गर्न शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा गठित सिफारिस समितिले कोइराला धर्मकान्त बास्कोटा र डा.चन्द्रमणि पौडेलको नाम सिफारिस गरेको छ ।

प्रधानमन्त्री विश्वविद्यालयका कुलपति समक्ष नाम सिफरिश गरिएको जानकारी हुन आएको छ । सिफारिस समितिको बुधबारको निर्णय सहित शिक्षा मन्त्री पोखरेलले बिहीबार कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीलाई उक्त नामावली बुझाएका श्रोतले जनाएको छ ।

आफ्नो क्षेत्रमा विशेषज्ञता हासिल गरेका, यस अघि कुनै पनि विवादमा नपरेका र प्राज्ञिक उचाई भएका व्यक्तिका रुपमा कोइरालाको नाम पहिलो नम्बरमा राखेर सिफारिस गरिएको श्रोतले  जानकारी गरायाे । ब प्रधानमन्त्रीबाट नियुक्तिको औपचारिक निर्णयको प्रकृया शुरुहुने छ ।

सिफारिस समितिको क्रम संख्यलाई नै प्रधानमन्त्रीले सदर गरिदिए भने कोइराला त्रिविको १९ औं उपकुलपति हुनेछन् । यस बीचमा शिक्षा मन्त्री, प्रधानमन्त्री र सत्ताधारी दलका अर्का अध्यक्ष पुष्पकमल दाहाल बीचमा पटक पटक छलफल भएर नाम टुङ्गीएकोले कोइरालाको नियुक्तिमा कुनै अड्चन नआउने र चाँडै नै नियुक्तिको सिफारिस हुने श्रोतको अनुमान छ ।

राजा ज्ञानेन्दले सत्ता लिएका बखत पनि त्रिबि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा.गोविन्दराज शर्मा त्रिबिको उपकुलपति भएको विगत छ । त्यसैले कोइराला उपकुलपति भए प्राबिधिक विषयका जानकारका रुपमा त्रिबिमा उनी दोस्रो उपकुलपति हुनेछन् ।

कोइराला गंगालाल अस्पतालका संस्थापक निर्देशक समेत हुन् । त्रिबि शिक्षण अस्पताका निर्देश रहेका कोइराला चिकित्सकका अतिरिक्त कुशल व्यवस्थापक समेत हुन् ।

उपकुलपति सिफारिस गर्न शिक्षा मन्त्री पोखरेलको संयोजकत्वमा गठन भएको सर्च कमिटिले झण्डै २ महिना पछि बल्ल नाम सिफारिस गरेको हो । भदौ ५ गते ततकलिन उपकुलपति तीर्थ खनियाको अवधि सकिने भएपछि पहिलो पटक गत साउन २० गते कुलपतिका हैसियतमा प्रधानमन्त्री ओलीले सहकुलपति पोखरेलको संयोजकत्वमा कमिटि गठन गरेका थिए । उक्त कमिटिको म्याद भदौ ४ गते सकिएको थियो । आफू उपचारका लागि सिंगापुर जानु अघि भदौ ५ गते उक्त कमिटिको म्याद भदौ २० गते सम्मका लागि थप्ने निर्णय गरे पनि प्रधानमन्त्रीको ग्रीन सिग्नल कुर्दाकुर्दै समितिले नाम सिफारिस गर्न सकेको थिएन ।

पोखरेलको अध्यक्षतामा व्यवस्थापन संकायका डिन प्रा.डा.डिल्लीराज शर्मा र आँगिक क्याम्पसका तर्फबाट विश्वविद्यालय सभाका सदस्य समेत रहेका मेची क्याम्पस झापाका प्रमुख कमलप्रसाद गुरागाईं सदस्य रहेको कमिटि गठन गरेको थियो । कमिटिलई एक साता भित्र नाम सिफरिस गर्न भनिएको थियो ।

अन्य विश्वविद्यालयका हकमा भने नामसिफरिस नभएको जनाईएको छ ।

पूर्वाञ्चल, सुदुर पश्चिम र संस्कृत विश्वविद्यालयका पदाधिकारीको म्याद पनि भदौ ५ मै सकिएको छ । कृषिको ११ र मध्य पश्चिम तथा पोखरा विश्वविद्यालयका पदाधिकारीको म्याद भदौ १३ गते सकिएको छ । पूर्वाञ्चल र संस्कृत विश्वविद्यालयका उपकुलपछि छनौटका लागि मन्त्री पोखरेलको संयोजकत्वमा योजना आयोगकी सदस्य उषा झा र शिक्षा सचिव महेश दहाल सदस्य रहेको सर्च कमिटि गठन भएको छ । कृषि विश्वविद्यालयका उपकुलपछि छनौटका लागि मन्त्री पोखरेलको संयोजकत्वमा विश्वविद्यालय अनुदानका अध्यक्ष भीम प्रसाद सुवेदी र शिक्षा सचिव दहाल सदस्य रहेको सर्च कमिटि गठन भएको छ । डा. कोइरालासँग यसबारेमा प्रतिक्रिया लिनखोज्दf सम्पर्क हुन सकेन् । उनी निकटजनका अनुसार उनको सहमतीमा नै नाम सिफारिश गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung