२१ बैशाख २०८१, शुक्रबार

 

सुनको मूल्य घट्यो, प्रतिताेला कति ?

निकै उतार चढावका बीच कारोबार हुँदै आएको सुनको मूल्य नेपाली बजरमा बुधबार प्रतितोलामा एक सय कम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ७० हजार ६ सय कायम भएको छ । मङ्गलबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला ७० हजार ७ सयमा खरीद बिक्री भएको थियो ।

सोमबारको तुलनामा मङ्गलबार भने सुनको मूल्य तोलामा ७ सय वृद्धि भएको थियो । त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला एक सयले घटेको छ । आज तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार तीन सय निर्धारण गरिएको महासङ्घले जनाएको छ । मङ्गलबार तेजाबी सुन प्रतितोला ७० हजार ४ सयमा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्यमा पनि सामन्य गिरावट आएको छ । चाँदी प्रतितोला १० घटेर तोलाको ८५० मा खरीद बिक्री भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्