१५ कार्तिक २०८३, शनिबार

 

विद्यार्थी चढेको बस दुर्घटना, दुई गम्भीर

बागलुङ नगरपालिका–३ बोक्से गहिरोमा यात्रुबहाक बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।  बुर्तिबाङमा क्रिश्चियन धर्म सम्बनधी कार्यक्रममा सहभागी भएर फर्कदै गरेको ग१ख ५७०४ नम्बरको बस बोक्से गहिरो भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी झविन्द्र प्रसाद भट्टराईका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बानपा ३ बस्ने २० वर्षीय सन्जय बोहरा र बानपा २ बस्ने ३६ वर्षीया सुनिता बस्याललाई थप उपचारको लागि पोखरा पठाइएको छ ।

अन्य घाइतेहरु धौलागिरी अञ्चल अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन् । सवारी चालक विकास विक फरार रहेको र खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेको नाम

बानपा–३ का १८ वर्षीय ईश्वर विक
बानपा -४ की २० वर्षीया मनिषा विक
बानपा -४ की १९ वर्षीया सिर्जना विक
बानपा -४ की २१ वर्षीया रेणुका लिम्बू
बडिगाड गाउँपालिका –९ की १६ वर्षीया सोनिया मगर
सोही ठाउँकी १७ वर्षीया विनिता थापा
बानपा–१४ का २३ वर्षीय चन्द्रबहादुर परियार
बानपा ३ का १५ वर्षीया सुस्मिता किसान
सोही ठाउँकी १७ वर्षीया सरस्वती किसान
बानपा ४ का २४ वर्षीय भविन्द्र विक
बापना –७ का १५ वर्षीया रचना विक
बेनी नगरपालिका –१३ की २१ वर्षीया लक्ष्मी विक
बानपा –३ का २० वर्षीय सञ्जय विक
बानपा –२ का ३६ की सुनिता बस्याल

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung