२१ बैशाख २०८१, शुक्रबार

 

सुनको भाउ बढ्यो

साताको अन्तिम दिन सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ७१ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनाचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार तोलामा ५ सय रुपैयाँ घटेको सुनको भाउ शुक्रबार भने तोलामा ७ सय रुपैयाँ बढेको हो । यस्तै चाँदी शुक्रबार तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्