१५ कार्तिक २०८३, शनिबार

 

कुलोमा महिलाको शव, कुकरद्वारा अनुसन्धान शुरु

सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका–१ स्थित जण्डोलमा शनिवार एक महिलाको शव भेटिएको छ ।

चार दिनअघि घाँस काट्न खेत गएकी ३६ वर्षीया बुलु खातुन मृत अवस्थामा भेटिएकी हुन् ।

शवको प्रकृति हेर्दा हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ । खोजि गर्ने क्रममा पूर्व पश्चिम राजमार्गदेखि उत्तरतर्फ महुली खोलाको पश्चिमी कुलोमा शव भेटिएपछि प्रहरीलाई जानकारी गरेको मृतकका पति मो.इनुष मियाँले जानकारी दिए ।

पत्नीको हत्या गरी कुलोमा फालिदिएको पति मियाँले दाबीसमेत गर्नुभयो । शव पूर्णरुपमा गलिसकेकोले पोष्टमार्टमका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।

घटनामा प्रदेश प्रहरी कार्यालय जनकपुरको टोलीले तालिम प्राप्त कुकुरको सहयोगबाट सुक्ष्म अनुसन्धान थालेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung