१५ कार्तिक २०८३, शनिबार

 

सुनकोशी दुर्घटना : चालकलाई उद्धार गरी अस्पताल लगियो

दोलखाबाट काठमाडौँ आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।
प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ्गका अनुसार ६ जनाको शव भेटिएको छ ।

बसका चालक बेहोस अवस्थामा भेटिएकाले उपचारका लागि अस्पताल लगिएको उनले नयाँ विश्वलाई बताइन् । बसमा कति जना सवार थिए भन्ने खुल्न सकेको छैन ।

दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गरेको बा २ ख ७२४५ नम्बरको यात्रुवाहक बस सिन्धुपाल्चोकको सुकुटेनजिकै सुनकोशी नदीमा खसेको छ ।

प्रत्यक्षदर्शीका अनुसार बस पूरै डुबेकाले उद्धारमा कठिनाइ भएको छ । केही यात्रु नदीले बगाएको आशंका छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung