बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी निकुञ्जकै हात्तीसारमा कार्यरत माहुतेको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–७ मोहनपुर घर भएका ४२ वर्षीय मङ्गरु थारूको मृत्यु भएको हो ।
निकुञ्जभित्रको गैंँडा मचाननजिकै हात्तीलाई घाँस काट्न गएका थारूमाथि बाघले आक्रमण गरेकाे निकुञ्जका प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत रवीन कडारियाले बताए ।
थारू २२ वर्षदेखि हात्तीसारमा करार कर्मचारी थिए । हात्तीबाट ओर्लिएर खर काट्ने क्रममा थारूलाइ एक्कासि बाघले आक्रमण गरेर सय मिटर पर लगेको थियो ।



















































































































































































































