२१ बैशाख २०८१, शुक्रबार

 

सुनको भाउ बढ्यो

नेपाली बजारमा केही दिन पहिले ओरालो लागेको सुन फेरि उकालो चढेको छ । सोमबार सुन प्रतितोलमा २ सय रुपैयाँले बढेको छ ।

प्रतितोला २ सयले बढेर ७१ हजार २ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ।

आइतबार तोलामा ४ सय बढेर ७१ हजार रुपैयाँमा कारोबार भएको थियो। आज तेजावी सुनको मूल्य ७० हजार ९ सय रुपैयाँ कायम गरिएको छ।

यस्तै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। चाँदी तोलाको ८४५ रुपैयाँमा कारोबार भइरहेको छ।आइतबार चाँदी ८४० रुपैयाँमा किचबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्