नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले फेवातालमा डुंगा सयर गरेका छन् । उनी चारदिने भ्रमणका लागि मंगलबारआएका हुन् ।
आजै मात्र काठमाडौंबाट पोखरा पुगेका राष्ट्रपतिलाई विमानस्थलमा स्वागतपछि फेवाताल सयर गराइएको हो । हमिदलाई पोखरा महानगरका तर्फबाट विभिन्न जातीय र सांस्कृतिक कला प्रदर्शनी, पन्चैबाजासहित स्वागत गरिएको छ । फेवाताल सयरपछि उनले फिस्टेल लजमा दिवाभाेज गरेका छन् । त्यसपछि उनलाई हेलिकप्टरमा रुपाकोट रिसोर्ट लैजाने कार्यक्रम छ । रुपाकाेट गाउँपालिकाले विभिन्न कला, सांस्कृतिक नाच, झाँकीसहितकाे तयारी गरेकाे छ । रुपाकोटको कार्यक्रममा सहभागितापछि हमिद आजै काठमाडौं फर्कने कार्यक्रम छ ।



















































































































































































































