सडक सुरक्षाकालाई उपयोगी हुने नयाँ पल्सर एनएस २०० शिवशक्ति अटोमोबाइलले बजारमा ल्याएको छ ।बागलुड बजारको रामरेखामा रहेको शोरुममा नयाँ पल्सर एनएस २०० मा एन्टी–लकिङ ब्रेकिङ सिस्टम रहेको छ ।
एबीएस भएको पल्सर एनएस २०० को मूल्य ३ लाख ५४ हजार ९ सय रहेको छ । एन्टी–लकिङ ब्रेकिङ सिस्टमले बाइकलाई चिप्लनबाट जोगाउनुका साथै ब्रेक लगाउन सहयोग गर्ने शिवशक्ति अटोमोबाइलको प्रोपराइटर शिव शाहले नयाँ विश्वलाई बताए ।
यस्तो खालको पल्सर बाइक ग्राहकलाई दिन पाउँदा धेरै खुशि लागेको छ ,ग्राहकले यो बाइक खरीद गर्दा दशै तिहारको अफरको पनि सुविधा पाउँने छन शिवशक्ति अटोमोबाइलको प्रोपराइटर शाहले भने ।अत्याधुनिक सुविधाको बाइक भएकोले धेरै युवाहरुको रोजाइमा यो बाइक रहेको र यस बाइकको बिक्री पनि बढेको छ ।
बाइकमा एबीएसको प्रयोगले चक्का लक हुबाट जोगाउँछ । साथै ब्रेकिङ दुरी कम गर्दछ । आपतकालीन अवस्थामा र जोखिमपूर्ण सडकमा यात्रालाई सहज बनाउँछ ।













































































































































































































