१५ कार्तिक २०८३, शनिबार

 

समाजसेवी खड्काको स्मृतिमा श्रद्धाञ्जली सभा

बागलुङ बजारका सामाजिक एवं शैक्षिक व्यक्तित्व शक्तिबहादुर खड्काको ४५औं दिनको पुण्यतिथिमा श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ ।

कार्यक्रममा वक्ताहरूले शैक्षिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा खड्काको योगदानको चर्चा गर्दै बागलुङबासीले सधैं उनको अभाव महसुस गरिरहने बताए ।

सभामा वरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा, समाजसेवी देवबहादुर श्रेष्ठ, टीकाराम सापकोटा, लालचन्द्र राजभण्डारीले मन्तव्य व्यक्त गरेका थिए । पवार खड्का गुठीकी उपाध्यक्ष तथा महिला हित सहकारीका अध्यक्ष लीला खड्काले दिवंगत खड्काको जीवनीबारे प्रकाश पारेकी थिइन् ।

कार्यक्रम रणस्मृति पुरस्कार संस्थाका अध्यक्ष काजी रोशनको अध्यक्षता, पूर्वकर्मचारी सेवा समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठको स्वागत र कालिका भगवती गुठीका कोषाध्यक्ष निसान खड्काको सञ्चालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung