१५ कार्तिक २०८३, शनिबार

 

कपिलवस्तुका खरिदार मिश्र र चौधरीलाई भ्रष्टाचारकाे मुद्दा

भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवा कपिलवस्तुका खरिदारद्वय सूर्यप्रसाद मिश्र र दुर्गाप्रसाद चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी गरी आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

खरिदारद्वयले जग्गाको मोही नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निजहरू खरिदारद्वय मिश्र र चौधरीलाई सेवाग्राहीसँग घुस वापतको रकम लिइसकेको अवस्थामा घुस रकमसहित नियन्त्रणमा लिएको थियो । अनुसन्धानको सिलसिलामा भूमिसुधार तथा मालपोत कार्यालय तौलिहवा, कपिलवस्तुका खरिदारद्वय मिश्र र चौधरीले समयमै काम नगरी सेवाग्राहीको मोही नामसारी गराउनका घुस लिएका थिए । भ्रष्ट्राचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको स–प्रमाण पुष्टि हुन आएकोले आरोपीहरु मिश्र र चौधरी विरुद्ध अख्तियारले विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung