२१ बैशाख २०८१, शुक्रबार

 

कृषिमन्त्री भुसाल संघीय संसद्अन्तर्गतको कृषि समितिमा उपस्थित

कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेको पाचौ दिनमा मन्त्री घनश्याम भुसाल सोमबार संघीय संसद अन्तरगतको कृषि समितिमा उपस्थित भए र गुनासा सुनेका छन् । बीउ बिजन दोस्रो संशोधन० विधेयक–२०७५ सम्बन्धमा सांसदहरुसँग छलफल गर्न मन्त्री भुसाल सोमबार बिहान समितिमा उपस्थित भएका हुन्।

समितिमा उपस्थित भएर करिब २ मिनेट बोलेका उनले बीउ बिजन ऐन संशोधन गर्ने विधेयक संघीयता संरचना अनुसारको संरचना तयार गर्नका लागि ल्याइएको बताए ।

‘नयाँ प्रविधि अनुसार अघि बढाउनका लागि यो विधेयकको जरुरी थियो’, उनले भने, ‘यो पुरानो ऐनलाई दोस्रो पटक संशोधन गर्न लागिएको छ। यसमा समितिले जे गर्छ, त्यो अनुसार हामी जान्छौँ।’ सांसदहरुको प्रश्नै प्रश्न पहिलो पटक समितिमा उपस्थित भुसाललाई सांसदहरुले अनेकन प्रश्न गरेका थिए।

सांसदहरुले कार्यकाल सफलताको शुभकामनासँगै भद्रगोल रहेको कृषि क्षेत्रको सुधारमा मन्त्री भुसालले धेरै मेहनत गर्नुपर्ने बताएका थिए। समितिका सदस्य सांसद सत्यनारायण शर्मा खनालले भारतबाट कमसल बीउसहितक कृषिजन्य सामाग्री आउने गरेकाले यसलाई रोक्नेतर्फ मन्त्रीको भूमिकाको अपेक्षा गरे।

‘भारतबाट कमसल बीउ ल्याइन्छ। सिमाना खुला भएकाले केही नहेरी सस्तो बीउ ल्याउँदा कृषकले अनेक दुःख पाइरहेका छन्’, उनले भने, ‘हाम्रोमा परीक्षण नै हुँदैन।

विषादीको अवस्था के होरु भारतबाटै ल्याइन्छ, यसर्ला कसरी रोक्ने’ ‘भारतसँगको सीमा खुल्ला छ, बीउबिजन र कृषिजन्य सामान ल्याउने क्रमण गुणस्तर प्रमाणिकरण गरेको हो होइनरु कसरी चिन्नुरु, सिमाना खुल्ला छ, परीक्षण हुँदैन’, खतिवडाले भने, ‘परीक्षण गरिएको भनेर भित्र्याइएको गरिमाको बीउमा कम गुणस्तरीय बीउ राखिएको पाइयो, यस्तो समस्यालाई कसरी रोक्ने, यसमा काम गर्नुपर्छ।’ सांसद खनालले कृषि क्षेत्रको लथालिङ्ग अवस्थामा सुधार मन्त्रीका लागि प्रमुख चुनौती रहेको बताए ।

‘कृषि क्षेत्रको भद्रगोल अवस्था कसरी रोक्नेरु’, उनले प्रश्न गरे, ‘कानुनमै स्पष्ट पारेर जानु जरुरी छ।’ अर्का सांसद घनश्याम खतिवडाले कृषि मन्त्रालय र कृषि क्षेत्रमा व्यवस्थापन गर्नुपर्ने कयौँ चुनौती रहेको उल्लेख गरे।ऐन आएपछि बीउ बिजन गुणस्तर थितिमा रहन्छ कि रहँदैन स्पष्ट हुनुपर्छ’, उनले अगाडि भने, ‘उत्पादन र लागतलाई पनि ख्याल गरेर अघि बढ्नुपर्छ।’ अर्का सांसद राजबहादुर बुढा क्षेत्रीले मन्त्री भुसालको प्रवेशले कृषि मन्त्रालयले राम्रो परिणाम ल्याउने विश्वास गरे।

‘मन्त्रालयमा तपाईँको प्रवेशले राम्रो परिणाम दिनेछ भन्ने आशा छ’, उनले भने, ‘मुलुकलाई कुन दिशा दिने भन्ने स्पष्ट धारणा राख्ने तपाईंले मन्त्रालयलाई सही दिशा दिनुहुने विश्वास राखेका छौँ।’ सांसद क्षेत्रीले पुँजीवादको छाडा प्रतिस्पर्धाले कृषि क्षेत्रमा समस्या चुलिएको जिकिर गरे।

‘पुँजीवादको छाडा प्रतिस्पर्धाले कृषि क्षेत्रमा समस्या आएको छ। रातारात धनी बन्ने प्रतिस्पर्धाले यो अवस्था आएको हो’, उनले जोड दिँदै भने, ‘यसलाई कसरी रोक्न सक्छौँ भनेर ऐन बनाउनुपर्छ।’ ‘पुँजीवादको छाडा प्रतिस्पर्धाले कृषि क्षेत्रमा समस्या आएको छ।

रातारात धनी बन्ने प्रतिस्पर्धाले यो अवस्था आएको हो’, उनले जोड दिँदै भने, ‘यसलाई कसरी रोक्न सक्छौँ भनेर ऐन बनाउनुपर्छ।’ मन्त्री भुसालकै गृहजिल्लाकी सांसद राधा ज्ञवालीले युवा, सशक्त र बौद्धिक व्यक्ति मन्त्रालयमा आएको भन्दै बधाई दिइन्।

‘मैले त पहिले नै दिनुपर्ने जिल्लाबासी भएकाले तर ढिला भए पनि बधाई छ,’ उनले भनिन्, ‘किसानले पारीबाट ल्याउने भएकाले नेपालमा बीउ र विषादीमा समस्या छ।   मुलकमा कति चाहिने कस्तो चाहिने हो त्यो स्पष्ट छैन। हाम्रोमा व्यवस्थापन पनि राम्रो छैन। त्यसैले अब राज्यले कृषिमा लगानी बढाएर निजी क्षेत्रलाई पनि साथमा लिएर अगाडि बढ्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्