४ श्रावण २०८३, सोमबार

 

पार्कमै शारीरिक सम्बन्ध, भिडियो भयो भाइरल

एक सार्वजनिक पार्कमा दिउँसै एक जोडीले शारीरिक सम्बन्ध राखेपछि अस्ट्रेलियामा विवाद भएको छ ।उक्त जोडीको यौन भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियो पार्कछेउकै सिसिटिभीमा रेकर्ड भएको अन्तर्राष्ट्रिय सञ्चामाध्यमले जनाएका छन् । घटना अस्ट्रेलियाको पर्थस्थित चर्चित लांगले पार्कमा भएको हो ।

पश्चिमी अस्ट्रेलियाको प्रहरी मन्त्री मिशेल रोबर्टले पार्कमा भएको घटना एकपटकको घटना हो भन्दै सामान्य रुपमा लिएकी छन् । उनले बेवकुफी भरिएको यस्ता हरकत रोक्न सम्भव नभएको पनि बताएकी छन् । ‘समय–समयमा पागल मानिसहरुले पागल हर्कत गर्छन् ।’, मन्त्री रोबर्टले भनिन् ।

मन्त्री रोर्बटले अर्कोपटकदेखि यस्ता हर्कत नगर्न सबै शहरबासीलाई अनुरोध गरेकी छन् । उनले पार्कलाई समस्याको क्षेत्र समेत भनेकी छन् । जोडीले यौनसम्पर्क गरेको भिडियो रेकर्ड भएको भएता पनि उनीहरुको परिचय गोप्य राखिएको छ । उनीहरुको भिडियो परबाट रेकर्ड भएकोले भिडियोमा उनीहरुको अनुहार देखिएको छैन ।

उनीहरुलाई दुई वर्षको सजाय हुनुपर्ने कानुनी प्रावधान छ । तर मन्त्रीले उनीहरुलाई एकपटकलाई छोड्न निर्देशन दिएपछि उनीहरु छुटेका हुन् । यो घटनापछि पर्थ शहरमा प्रहरीको संख्या बढाउन स्थानीयले माग गरेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार लांगले पार्क एक सार्वजनिक पार्क हो, जहाँ जोसुकै व्यक्ति पनि आउजाउ गर्न सक्छ । द बेल पावर टाइम्सले उनीहरुको यौनसम्पर्कको भिडियो सामाजिक सञ्जालमा सेयर गरेको छ ।

अस्ट्रेलियाको अलग–अलग राज्यमा सार्वजनिक स्थानमा यौनसम्पर्क राख्दा अलग–अलग कानुन छ । धेरैजसो राज्यहरुमा यसलाई अपराधा मानिएको छ तर कतिपय अवस्थामा यस्ता जोडीहरुलाई कारवाहीबाट छुट पाउने गर्छन्

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung