राष्ट्रपति विद्यादेवी भण्डारीले उपचारमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालमै गएर भेटेकी छिन्। उनी बिहीबार साँझ महराजगन्जस्थित शिक्षण अस्पतालकाे कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर ओलीलाई भेटेकी हुन् ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको र स्वास्थ्यस्थितिमा आएको सुधारप्रति खुसी व्यक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराए ।



















































































































































































































