३ श्रावण २०८३, आईतवार

 

जापान रोजगारी : भाषा र सीप परीक्षा एक जना बाहेक सबै फेल

नर्सिङ केयर कामका लागि जापान जानेहरुलाई जापान फाउण्डेसनले गत अक्टोबरमा लिएको जापानिज भाषा परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ । फाउण्डेसनले लिएको भाषा परीक्षामा १ जना परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् भने सीप परीक्षणमा सहभागी सबै परीक्षार्थी अनुत्तीर्ण भएका छन् ।

जापानले गत अक्टोबर १७, १८ र १९ मा पहिलो चरणको भाषा परीक्षा सञ्चालन गरेको थियो । जापान फाउण्डेसनले भाषा परीक्षामा सामेल हुन इच्छुकहरुलाई आवेदन माग गरी लक्की ड्रमार्फत छनोट गरेको थियो । लक्की ड्रमार्फत छनोट भएकाहरुलाई भाषा परीक्षा र सीप परीक्षणमा सामेल गराएको थियो ।

नर्सिङ केयर जापानिज ल्याङ्ग्वेज इभ्यालुएसन टेस्ट अर्थात् भाषा परीक्षामा १२ जना परीक्षार्थीहरु सामेल भएका थिए । जसमध्ये १ जनामात्रै उत्तीर्ण भएको फाउण्डेसनले उल्लेख गरेको छ।

नर्सिङ केयर स्किल इभ्यालुएसन टेस्टमा १५ जना सहभागी भएकामध्ये उत्तीर्णको संख्या शून्य छ। जापानले पहिलो चरणमा कम्प्युटर बेसमा आधारित परीक्षा लिएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung