५ जेष्ठ २०८१, शनिबार

 

उसुमा दीपक हमालले जिते स्वर्ण

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालले अर्को स्वर्ण जितेको छ ।

बुधबार दीपक हमालले थाउलोमा स्वर्ण जितेका हुन् । उनले १९.३२ अंक जोडेका थिए भने भारतका साजन लामाले १९.१२ अंकका साथ रजत पदक जितेका छन् ।

योसँगै नेपालले उसुमा स्वर्ण संख्या तीन पुर्‍याएको छ । प्रतियोगितामा उसुमा सोमबार दुई स्वर्ण जितेको थियो ।

उनले भारतका साजन लामालाई पछि पारेका हुन् । भारतका साजनले समग्रमा १९.१२ अंक ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्