५ जेष्ठ २०८१, शनिबार

 

पदक–तालिकामा नेपाललाई पछ्याउँदै भारत

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को पदक तालिकमा आयोजक नेपाललाई भारतले पछ्याइरहेको छ । चाैथाे दिन बुधबार दिउँसोसम्म २७ स्वर्णजितेर कूल ५८ स्वर्णसहित पदक तालिकामा शीर्षस्थानमा रहेको नेपाललाई भारतले पछ्याइरहेको छ ।

भारतले २५ स्वर्णसहित कूल ५५ पदक जितेको छ । ३ अंकको अग्रता बनाएको नेपालले मंगलबार महिला भलिबलमा रजत पदमै चित्त बुझाउनुपरेको थियो ।

तेस्रो स्थानमा रहेको श्रीलङ्काले ६ स्वर्णसहित कूल ५२ पदक जितेको छ । यसपछि क्रमशः पाकिस्तान, बङ्गलादेश, माल्दिभ्स र भुटान पदकतालिकामा रहेका छन् । भुटानको नाममा भने अहिलेसम्म स्वर्ण पदक प्राप्त भएको छैन ।

प्रतिक्रिया दिनुहोस्