५ जेष्ठ २०८१, शनिबार

 

एभर्टनका मुख्य प्रशिक्षक सिल्भा बर्खास्त

इङ्लिस क्लब एभर्टनले मुख्य प्रशिक्षक मार्को सिल्भालाई बर्खास्त गरेको छ । खराब नतिजालाई कारण देखाउँदै क्लबले १८ महिनापछि प्रशिक्षक सिल्भालाई बर्खास्त गरेको हो ।

प्रिमियर लिगको पछिल्ले खेलमा एभर्टन शीर्ष स्थानको लिभरपुलसंग ५–२ ले पराजित बनेको थियो । नतिजासंगै क्लब रेलिगेशन जोनमा परेको छ । एभर्टनले नयाँ सिजन ९ खेलमा हार ब्यहोरेको छ ।

तालिकाको १८ औ स्थानमा रहेको एभर्टनले पछिल्ला तीन खेल गुमाएको छ । सिल्भा सन् २०१८ मा क्लब सम्हाल्न आईपुगेका थिए । उनले करिब ६० खेलमा २४ मा जित र २४ मा हारको नतिजा निकाले ।

प्रतिक्रिया दिनुहोस्