दाङमा एक जनप्रतिनिधिको मृत्यु भएको छ। दाङ शान्तिनगर गाउँपालिका४ का वडासदस्य पुनिराम कामीको मृत्यु भएको हो ।
लामो समयदेखि खुट्टाको बिरामी भएका ८१ वर्षीय कामीको शनिबार बिहान १ बजेतिर मृत्यु भएको हो ।
उनी तत्कालीन एमालेको तर्फबाट वडासदस्य निर्वाचित भएका थिए। त्यस्तै, कामी २०५४ सालको स्थानीय निकायको निर्वाचनबाट शान्तिनगर गाउँपालिका(२ को वडाध्यक्षसमेत भएका थिए । कामीको निधनप्रति शान्तिनगर गाउँपालिकाले दुःख व्यक्त गरेको छ।



















































































































































































































