१४ कार्तिक २०८३, शुक्रबार

 

रोड उद्घाटन गर्न बस चढेर गए नगरप्रमुख गैरे

गलकोट नगरपालिका-३ हटियामा नयाँ सडकको उद्घाटन गरिएको छ । नगरप्रमुख भरत शर्मा गैरे सार्वजनिक बस प्रयोग गरेर यो सडक उद्घाटन गर्न त्यहाँ पुगेका थिए ।

गलकोट वडा नं–३ भित्रका सम्पूर्ण गाउँलाई जोड्न लिङ्क-रोडको रुपमा उक्त सडक निर्माण गरिएको हो । हटियाको बोहोराफाँट, कमेरेपानी, भुल्केपानी, घट्टेखोला हुँदै लमाई जोड्ने यो सडक झण्डै डेढ किलोमिटर रहेको वडाअध्यक्ष विरजंग भण्डारीले जानकारी दिए । सडक निर्माण भएसँगै एक गाउँदेखि अर्को गाउँसम्म पैदल र यातायात दुवै मार्फत आवागमनमा सहजता हुने वडाअध्यक्ष भण्डारीले बताए ।

सडकको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले रिबन काटेर उद्घाटन गरेका थिए । उद्घाटनपछि बोल्दै नगरप्रमुख गैरेले सडक विकासको मुख्य मेरुदण्ड भएको भन्दै क्रमश सडकको स्तरोन्नति गर्न गलकोट नगरपालिकाले महत्वपुर्ण भुमिका खेल्ने बर्ता । ‘ग्रामिण क्षेत्रमा बन्ने यस्ता लिङ्करोडले स्थानियको दैनिक जीवनमा सहजता थप्ने छ’, नगरप्रमुख गैरेले भने ।

कार्यक्रममा गलकोट नगरपालिका वडा नं ३ का वडा सदस्य बेल बहादुर बोहोरा र सडक निर्माण समितिका सचिव हुम बहादुर बोहोराले मन्तव्य राखेका थिए । सडक निर्माणपछि स्थानियबासी हर्षित भएको बोहोराफाँट, कमेरेपानी, भुल्केपानी, घट्टेकुलो लमाई सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष रिमबहादुर बोहोराले बताए ।

सडक उद्घाटनको क्रममा पहिलोपटक गाउँमा बस पुग्दा स्थानीयले फुलमाला र अविरद्वारा भव्य स्वागत गरे । सडक उद्घाटन कार्यक्रममा जनप्रतिनिधी, स्थानिय समाजसेवी, पत्रकार, स्थानिय र आमा समुहका पदाधिकारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung