२१ बैशाख २०८१, शुक्रबार

 

सुनको मूल्य घट्यो

साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य आइतबार पाँच सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार ७१ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेर ७१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै तेजाबी सुनको मूल्य तोलमा पनि पाँच सय रुपैयाँले घटेर ७० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्