६ जेष्ठ २०८१, आईतवार

 

नेपाल भारतसँग पराजितः निरु र मनमायाले लिए सन्यास

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत् महिला फुटबलमा नेपाल फेरि पनि रजतपदकमै सीमित भएको छ ।सोमबार पोखरा रंगशालामा स्वर्णपदकका लागि भएको फाइनलमा चिरपरिचित प्रतिस्पर्धी भारतसित २–० ले पराजित हुँदै नेपाल लगातार तेस्रोपटक रजतमै सीमित भएको हो ।

भारतका लागि दुवै गोल बालादेवीले गरिन् । नेपालले खेलमा फर्कने प्रयास गरे पनि सफल भएन । नेपाल लगातार तेस्रोपटक फाइनलमा भारतसँगै पराजित भएको हो ।

नेपाली टोली पराजित भएपछि प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन् ।खड्काले हारको सम्पूर्ण जिम्मेवारी लिँदै राजीनामा दिएको बताएका हुन् ।

कप्तान एवं फरवार्ड खेलाडी निरु थापा र डिफेन्डर मनमाया लिम्बूले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् ।सोमबार भारतसित पराजित भएसँगै निरु र मनमायाले सन्यासको घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्