वर्षायाममा जस्तै हिउंँदयाममा समेत सुख्खा पहिरो खस्ने जोखिम रहेको भन्दै नारायणसडक खण्ड दुईसाताका लागि दैनिक चार घण्टा बन्द गरिने भएको छ ।
पहिरो रोकथाम र सडक सुरक्षाका लागि दुई साताका लागि बन्द गरेर काम गर्न उक्त सडकखण्ड बन्द गरिन लागिएको हो ।
जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान सुरक्षा समितिको बैठक डाकेर मंसिर २७ देखि पुस १० गतेसम्म बन्द गरिने लागेको जानकारी दिएको हो ।
‘अहिले पनि सुख्खा पहिरो खस्ने जोखिम देखिएको छ प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भने, ‘‘सवारी रोक्दा काम छिटो हुने भएकाले बन्द गरेर काम गर्न लागिएको हो ।’ जसअनुसार दुई सातासम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ ।
एम्बुलेन्स, शवबाहन र सुरक्षा निकाय र अन्य अत्यावश्यक सवारीसाधनको हकमा भने सुरक्षा निकायको समन्वयमा सडक पास गराउने निर्णय गरिएको छ ।



















































































































































































































