१५ कार्तिक २०८३, शनिबार

 

हिउँमा चिप्लेर ट्रिपर दुर्घटना, २ को मृत्यु

फाइल तस्बिर

हुम्लाको नाम्खा गाउँपालिका–५ स्थित पानी पाल्वाङमा ट्रिपर दुर्घटना भएको छ । दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

बा ५ ख ५३४४ नम्बरको टिपर नाम्खा गाउँपालिका ५मा सडकबाट चिप्लेर ७०० मिटर तल भीरमा खसेको हो। ‘यहाँ हिमपात भइरहेको छ, हिउँकै कारण सडकबाट चिप्लेर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाउँछ’ जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले भने। उनकाअनुसार मृत्यु हुनेहरूको सनाखत भइसकेको छैन ।

यस अघि हुम्लामा पनि ट्रिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung