५ जेष्ठ २०८१, शनिबार

 

सुन फेरि बढ्यो, तोलामा कति ?

एक सातादेखि आरोलो लाग्दै आएको सुनचाँदीको मूल्य आज वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनमा प्रतितोला ४ सय रुपैयाँ र चाँदीमा प्रतितोला १० वृद्धि भएको हो ।

महासङ्घले बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७१ हजार २ सय र तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ९ सय तोकेको छ । यस्तै चाँदीको मूल्य प्रतितोला ८ सय ४० निर्धारण गरिएको छ ।

अघिल्लो बुधबारदेखि लगातार ओरालो लाग्दै आएको सुनचाँदीको मूल्य बुधबार भने स्थिर रहेको थियो । बुधबार छापावाला सुन प्रतितोला ७० हजार ८००, तेजाबी सुन प्रतितोला ७० हजार ५०० र चाँदी प्रतितोला ८३० मा खरीद बिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्