६ जेष्ठ २०८१, आईतवार

 

न्यू ओएसिस बास्केट बल प्रतियोगिता शुरु

न्यू ओएसिस अन्तर विद्यालय स्तरीय छात्र बास्केट बल प्रतियोगिता आजदेखि शुरु भएको छ ।स्पोटर्स क्लव अफ न्यू ओएसिस एकेडेमी ,बागलृुङको आयोजनमा बागलुुङ नगरपालिका वडा नं ४ उपल्लाचौरको विद्यालयको प्राङ्गणमा न्यू ओएसिस एकेडेमीको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष राम प्रसाद शर्माले खेलको उद्घाटन गरेका थिए ।

बास्केट बल प्रतियोगितामा बागलङ्ग नगरपालिकास्थित सरकारी र संस्थागत गरी १० विद्यालयका खेलाडिहरुको सहभागिता रहेको छ ।आज विभिन्न टिमविच भएको खेलमा प्रतिस्पर्धा गर्दै न्यू ओएसिस एकेडेमी र फयुचर ब्राइटर मावि फाइनलमा पुग्न सफल भएको छ ।

फाइनल खेल भोलि विहान ८ बजे हुँदै छ ।अन्तर विद्यालय स्तरीय छात्र बास्केट बल प्रतियोगिता कार्यक्रममा न्यू ओएसिस एकेडेमीका प्रिन्सिपल नेत्र लाल न्यौपाने ,विद्यालय व्यवस्थापन समितिको अध्यक्ष राम प्रसाद शर्माले मन्तव्य राखेका थिए ।कार्यक्रम स्पोटर्स क्लव अफ न्यू ओएसिस एकेडेमी बागलुुङको अध्यक्ष जेसन भारीको अध्यक्षता ,स्वागत क्लवको उपाध्यक्ष कुसुम रोका र संचालन क्लवको सचिव शिव खड्काले गरेका थिए ।

स्पोटर्स क्लव अफ न्यू ओएसिस एकेडेमी बागलुडले पहिलो पटक अन्तर विद्यालय स्तरीय छात्र बास्केट बल प्रतियोगिता आयोजना गरेका हुन ।पाचौं अन्तर कलेज स्तरीय बास्केट बल प्रतियोगिता आगामि माघमा हुन लागेको विद्यालयका प्रिन्सिपल नेत्र लाल न्यौपानले जानकारी दिए ।

न्यू ओएसिस एकेडेमीले गुणस्तरीय शिक्षामा विद्यार्थीहरुको पहुँच बढाउँनुको साथै विद्यार्थीहरुको बहुआयामिक सृजनशिल विकासमा योगदान दिने उद्देश्यले खेलकुद र अतिरिक्त क्रियाकलापमा जोड दिदै आएको विद्यालयका प्रिन्सिपल नेत्र लाल न्यौपानेले नयाँ विश्वलाई बताए ।विद्यालयले बागलुुङमा बास्केट बलको व्यवसायीक विकासमामा विशेष योगदान दिएको छ ।

प्रतिक्रिया दिनुहोस्