गोली लोड भएको पेस्तोल बोकेर आफूसँग बस्दै आएका केटासाथी भागेपछि नेपाल प्रहरीकी एक जवान पक्राउ परेकी छन् ।
उच्च अदालत जनकपुरकी न्यायाधीश सकुन्तला घिमिरेकी सुरक्षा गार्ड ती महिला प्रहरीको पेस्तोल उनका केटासाथी सिवेन्द्र यादवले लिएर भागेका हुन् । यादव सोमबार राति १० बजेदेखि फरार छन् ।
यादव नवलपरासी –६ का हुन् । उनी केही सातायता ती महिला प्रहरीसँगै जनकपुरमा बसिरहेका थिए । जनकपुर उपमहानगरपालिका–४ भैरव चोकमा उनीहरू डेरामा बस्थे ।



















































































































































































































