६ जेष्ठ २०८१, आईतवार

 

आज एल क्लासिको

स्पेनिस ला लिगा फुटबलको बहुप्रतिक्षित एल क्लासिको भिडन्त आज (बुधबार) राति हुँदैछ ।

सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोनाले घरेलु मैदानमा रियल मड्रिडलाई आथित्यमा प्रदान गर्दैछ । क्याम्प नाउमा नेपाली समय अनुसार राति १२:४५ बजे खेल सुरू हुनेछ ।

पहिलो एल क्लासिको भिडन्त गत अक्टोबर २६ मा तय भएपनि क्याटलोनियामा हुन सक्ने आन्दोलनलाई मध्ये नजर गर्दै खेल सारिएको थियो ।

सिजनको पहिलो भेटका लागि दुवै टिम तयार रहेका छन् । र, दुवै टिम जित निकाल्दै आफुलाई उपाधिको प्रमुख दाबेदार रहेको प्रमाणित गर्न चाहन्छन् ।

 

रियलका मुख्य प्रशिक्षक जिनेदान जिदानले ९० मिनेट मैदानमा उत्कृष्ट खेल्ने बताएका छन् । ‘यस किसिमको खेलमा हामीले ९० मिनेट राम्रो खेल्नु पर्ने हुन्छ,’ जिदानले भनेका छन्, ‘हाम्रो लागि केहि फरक छ । तर, हामी यहाँ राम्रो गर्ने छौँ ।’

बार्सिलोनाका मुख्य प्रशिक्षक एर्नेस्टो भाल्भर्डेले पाहुना टिमलाई घरेलु मैदानमा सम्मान गर्ने बताए । ‘हामी सधैको जस्तो उत्कृष्ट खेल खेल्ने छौँ । भोली खेल्न नस्कनुको कुनै कारण छैन,’ उनले भने, ‘हामी उनीहरुलाई सम्मान गर्छौं ।’

लिगको १६ खेल सकिदा दुवै टोलीले समान ३५ अंक जोडेका छन् । तर, गोल अन्तरमा बार्सिलोना शीर्ष र रियल दोस्रो स्थानमा रहेका छन् । त्यसैले दुवै टिम पहिलो एल क्लासिकोमा जित निकाल्दै स्पस्ट ३ अंकको अग्रता कायम गर्न चाहन्छ ।

 

प्रतिक्रिया दिनुहोस्