६ जेष्ठ २०८१, आईतवार

 

खेलाडीलाई जिल्ला फुटबल संघ बागलुङको सम्मान

जिल्ला फुटबल संघ बागलुङ (एनफा) ले मंगलरबार बागलुङ–११ फुटवल टिमलाई सम्मान गरेको छ । रत्नलक्ष्मी माध्यामिक विद्यालय गल्कोट नगरपालिका– ११ रिघाको हिरक महोत्सवको अवसरमा आयोजित ९ ए साइड फुटवल प्रतियोगितामा विजेता टोलीलाई सम्मान गयिरएको हो ।

संघले जिल्लाको फुटवल विकासमा योगदान गरेको भन्दै उक्त समुहलाई सम्मान गरेको थियो । कार्यक्रममासंघले विजेता १३ जना खेलाडी र प्रशिक्षकलाई दोसल्ला र अविर लगाई सम्मान गरेको थियो । संघका जिल्ला अध्यक्ष रामराज गुरुङ सहितका पदाधिकारीले खेलाडि तथा प्रशिक्षकलाई सम्मान गरे ।

बागलुङ–११ ले फाइनलमा लाल दुर्गा मल्टि सप्लार्यसलाइ १–० गोलान्तरले पराजित गर्दै उपाधि हाँसिल गरेको थियो । बागलुङ–११ लाई जित दिलाउन रोशन लामिछानेले निर्णयक गोल गरेको थिए ।

मंसिर २५ गते देखि सञ्चालन भएको हिरक माहोत्सवमा भलिवल, फुटवल गरी विभिन्न प्रतियोगिताको आयोजना गरीएको थियो । फुटवल प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्