६ जेष्ठ २०८१, आईतवार

 

ए डिभिजन लिग : च्यासल र मच्छिन्द्र बराबरीमा

सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लब र मच्छिन्द्र क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो ।

खेलमा पहिले अग्रता भने च्यासल युथ क्लबले लियो। खेलको २७ मिनेटमा सन्तोष साहुखलले गोल गरेका थिए । उनले डिबक्सबाट देब्रे खुट्टाले गरेको प्रहार मच्छिन्द्रका गोलकिपर विशाल श्रेष्ठले रोक्ने कुनै मौका नै पाएनन् । योसँगै सहिद स्मारक लिगमा साहुखलले कीर्तिमानी ९९ औं गोल पुर्याएका छन् ।

खेल सकिन २ मिनेट बाँकी छदा मच्छिन्द्रले बराबरी गोल फर्काउन सफल भयो । मच्छिन्द्रका लागि देवेन्द्र तामाङले गोल गरेका थिए ।

बराबरीसँगै ४ अंक जोडेर च्यासल अंक तालिकाको शीर्ष स्थानमा उक्लियो । अघिल्लो सिजनमा पुछारबाट दोस्रो भएको मच्छिन्द्रको ३ अंक छ ।

प्रतिक्रिया दिनुहोस्