६ जेष्ठ २०८१, आईतवार

 

चितवन राइनोजको तेस्रो जित

चितवन राइनोजले पोखरा प्रिमियर लिग (पीपीएल) टी-ट्वान्टी क्रिकेटमा लगातार तेस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा एक्पर्ट धनगढीलाई ५२ रनले पराजित गर्दै चितवनले लगातार तेस्रो जित निकालेको हो ।

पोखरा रंगशालामा चितवनले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको धनगढीले २० ओभरमा ८ विकेट गुमाएर १ सय २९ रन मात्र बनाउन सक्यो ।

धनगढीका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले ४९ रन बनाए । यस्तै रोड्रिगो थोमसले २४, सन्दीप जोराले २१ तथा अमित यादबले १७ रन बनाए । चितवनका भुवन कार्कीले ३ विकेट लिए । करण केसी र सन्नी पटेलले २/२ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । चितवनका लागि आरिफ शेखले अविजित रहदै सर्वाधिक ४७ रन बनाए । यस्तै सन्नी पटेलले अविजित ३२ रन बनाए ।

त्यस्तै बाबर हायतले ३६ रन जोड्दा कप्तान पारस खड्काले २३ रन बनाए । अनिल साहले १९ रन जोडे । धनगढीका दिपेन्द्र सिंह ऐरी र अनिल खरेलले २/२ विकेट लिए ।

जितसँगै चितवनले ३ खेलमा ६ अंक जोडेको छ । र, तालिकाको शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्