सेवाग्राहीसँगबाट घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना स्थानीय जनप्रतिनिधिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीको रामग्राम नगरपालिका १८ का वडाध्यक्ष गोपाल डिस्वा मगर रहेका छन् ।
उनले लेखनदास रविन्द्रप्रसाद यादवको सहयोगमा नाता, घर(गोठ प्रमाणित तथा औषधोपचारको सिफारिश गर्ने क्रममा सेवाग्राहीसँग दुई लाख घुस लिएको आयोले जनाएको छ ।
वडाध्यक्षले लिएको रकमको रसिद माग्दा नदिएको भन्ने उजुरी तथा अध्ययनका क्रममा संकलन गरिएको प्रमाणको आधारमा आयोगको टोलीले वडाध्यक्ष मगरलाई सोही वडास्थित होली चाइल्ड स्कुल र लेखनदास यादवलाई मालपोत कार्यालय नजिकबाट नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।



















































































































































































































