६ जेष्ठ २०८१, आईतवार

 

सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दीकाे लगातार तेस्रो जित

दस खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको मनाङ मर्स्याङ्दी क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा लगातार तेस्रो जित दर्ता गरेको छ । ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई बिहीबार १–० ले हराउँदै साबिक विजेता  मनाङले ३ खेलमा शतप्रतिशत नतिजा निकालेको छ ।

९ अंकसहित मनाङ शीर्षस्थानमा फर्केको छ । बुधबार मछिन्द्र क्लबले गोलअन्तरमा पछि पारेपछि मनाङ दोस्रो स्थानमा झरेको थियो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा जगजित श्रेष्ठले पहिलो हाफमा गरेको गोल मनाङको जितका लागि पर्याप्त रह्यो ।

प्रतिक्रिया दिनुहोस्