१५ कार्तिक २०८३, शनिबार

 

लेखिका अरुन्धती रायद्वारा राष्ट्रिय जनगणनाको विरोध

भारतीय लेखिका एवं सामाजिक कार्यकर्ता अरुन्धती रायले आफ्नो देशको राष्ट्रिय जनगणनाको (एनपिआर) एनआरसीका लागि तथ्यांक संकलन भएको अारोप लगाएकी छन् । त्यसैले नागरिकले सरकारले गर्न लागेको जनगणना (एनपीआर) को विरोध गर्न आवश्यक रहेको उनले बताएकी छन् ।

दिल्ली विश्वविद्यालयको एक कार्यक्रममा बुधबार उनले दाबी गरिन्, ‘एनआरसी देशका मुस्लिमविरुद्ध छ । प्रधानमन्त्री नरेन्द्र मोदी एनआरसीबारे झूट बोल्दै छन् । सरकार जानबुझका साथ एनआरसीको मुद्दामा नागरिकलाई गुमराहमा पार्न चाहन्छ ।’

मोदी क्याबिनेटले मंगलबार राष्ट्रिय जनगणना (एनिपआर) काे मञ्जुरी दिएको छ । एनपिआरमा भारतमा ६ महिनाभन्दा बढी बसेका व्यक्तिका बारेमा जानकारी गराउन भनिएको छ । तर प्रम मोदीसहितका भाजपा नेताले एनआरसी र एनपिआरका बीच कुनै सम्बन्ध नरहेकाे दाबी गरिरहेका छन्। केही विशेषज्ञको भनाइ छ– एनपिआर एनआरसीलाई सार्थक तुल्याउने दिशाको एक कदम हो । यसले सरकारलाई आफ्नो उद्देश्य अघि बढाउन सहयोग गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung