६ जेष्ठ २०८१, आईतवार

 

सागमा पदक जित्ने खेलाडीलाई संघले गर्‍यो सम्मान

१३ औं दक्षिण एसियाली खेलकुद सागमा पदक जित्ने बागलुङका खेलाडीलाई गृह जिल्लामा सम्मान गरिएको छ ।

बागलुङ उद्योग वाणिज्य संघको छैटौं बागलुङ महोत्सवमा १३ औं सागमा कराँते तर्फबाट स्वर्ण र रजत पदक जित्ने २ जना खेलाडीलाई सम्मान गरिएको हो ।

कराँतेमा स्वर्ण पदक जित्ने नविन रसाईली र रजत पदक जित्ने उनका दाजु राजकुमार रसाईलीलाई संघले सम्मान गरेको हो ।

१३ औं सागमा नविनले ६७ केजी पुरुष तर्फ पकिस्तानका खेलाडीलाई ८–६ ले पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । यस्तै उनका दाजु राजकुमार रसाईलीले पुरुष टिम कुमुते तर्फ सेमिफाइनलमा पाकिस्तानी प्रतिद्वन्द्वीसँग ३–० ले पराजित भएका थिए । उनको टिममा मुकुन्द महर्जन र अर्जुन कुमार बाघचन्द रहेका थिए ।

सागमा बागलुङका करण केसीले क्रिकेटमा काश्य पदक र साफिया पुनले महिला भलिबलमा रजत पदक जितेका थिए । उनीहरुलाई पनि संघले सम्मान गर्ने जनाइएको छ ।

तस्बिर : अर्जुन कार्की 

प्रतिक्रिया दिनुहोस्