६ जेष्ठ २०८१, आईतवार

 

बागलुङ महोत्सव : भलिबलमा ४ टिम अघिल्लो चरणमा प्रवेश

पर्यटन वर्ष २०२० लाई लक्षित गरेर आयोजना गरिएको बागलुङ महोत्सवको दोस्रो दिन खुला भलिबल प्रतियोगिता शुरु भएको छ ।

३ दिनसम्म लिकको पहिलो चरण खेल अन्तर्गत आज भएको भलिबलमा छन्त्याल कन्ट्रक्सन, अनेरास्ववियु, श्री नम्बर २३ बाहिनी अड्डा र गण्डकी प्रदेश प्रहरी टिम अघिल्लो चरणमा प्रवेश गरेका छन् ।

एक टिम दुईवटा टिमसँग हारेको खण्डमा नकाउट हुने प्रावधान रहेको हुनाले पनि खेल बढी रोमाञ्चक ढंगले अघि बढिरहेको खेल संयोजक राजनकुमार शाक्यले बताए ।

पुस १२ गतेदेखि २० गतेसम्म सञ्चालन हुने खेलमा १६ टिमले भाग लिएका छन् । खेलमा प्रथम हुने टिमलाई १ लाख ११ हजार १ सय ११ दोस्रो हुने टिमलाई ५५ हजार ५ सय ५५ र तेस्रो हुने टिमलाई ३० हजार ५ सय ५५ रूपैयाँ पुरस्कार र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्