६ जेष्ठ २०८१, आईतवार

 

मछिन्द्रको तेस्रो जित, एनआरटी १–० ले पराजित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले तेस्रो जित निकालेको छ । सोमबार बिहान भएको खेलमा न्युरोड टिम एनआरटीलाई १-० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले तेस्रो जित निकालेको हो ।

एन्फा कम्प्लेक्सको मैदानमा मछिन्द्रलाई जित दिलाउन एडिलाजा सोमिडेले निर्णायक गोल गरे । खेलको ९० औं मिनेटमा एडिलाजाले हेडमार्फत निर्णायक गोल गरेका हुन् ।

मछिन्द्रलाई जित दिलाउन उत्कृष्ट प्रदर्शन गरेका आन्द्रेस निया म्यान अफ दि म्याच चुनिए । जितसँगै मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको छ । मछिन्द्रले ४ खेलमा ९ अंक जोडेको छ । मछिन्द्रले ३ खेलमा जित र १ बराबरी खेलेको छ ।

समान अंक भएपनि मनाङ मर्स्याङ्दी क्लबलाई गोल अन्तरमा पछि पार्दै मछिन्द्र शीर्ष स्थानाम उक्लिएको हो । तर, मनाङले एक खेल कम खेलेको छ ।

४ खेलकाट ४ अंक जोडेको एनआरटी लिगको छैटौं स्थानमा रहेको छ । लिगमा एनआरटीको यो दोस्रो हार हो ।

०००

तस्वीरः गोलनेपाल डटकम ।

प्रतिक्रिया दिनुहोस्