बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले तीन लाख धरौटीमा छोडेको छ ।
न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले अहिले नै उनी दोषी हुन् भन्ने प्रमाण नपुगेको भन्दै धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला अदालतका स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताएका छन् ।
सुनसरी जिल्ला सरकारी वकिल कार्यालयले आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लगाउँदै बिहीबार गिरीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
सिद्धबाबालाई शुक्रबार अस्पतालको आइसियुबाटै बयानका लागि अदालतमा उपस्थित गराइएको थियो । बिरामी भएको भन्दै उनी विराट नर्सिङ होममा बसेका थिए । गिरीविरुद्ध बलात्कारको जाहेरी परेपछि मंसिर १६ गते अस्पतालको आइसियुबाटै पक्राउ गरिएकाे थियाे । प्रहरीले उनलाई अस्पतालमै राखेर अनुसन्धान गरेको थियो ।



















































































































































































































