१५ कार्तिक २०८३, शनिबार

 

तमु ल्होछार आज, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

गुरुङ समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्हाेछार आज मंगलबार देशभर धुमधाम मनाइँदै छ। गुरुङ समुदाय याे पर्वमा पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्छन् ।

गुरुङहरूकाे बाहुल्य रहेको गण्डकी प्रदेशमा ल्हाेछार मनाउन सार्वजनिक नै दिइएकाे छ । खास गरी लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा यो पर्व धुमधामसँग मनाइन्छ । ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ फेरिनु भन्ने हुन्छ । ‘तमु ल्होछार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछि रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको विश्वास गरिन्छ । ल्होछारका अवसरमा काठमाडौंमा पनि विशेष कार्यक्रम आयोजना गरिएको छ। तमु ल्होछारको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिएका छन्।

शुभकामनाको पूर्ण पाठ

‘हाम्रो सुन्दर देशमा बहुसांस्कृतिक विशेषताहरू मौलिक पुँजीका रूपमा रहेका छन् । एकता र सहिष्णुताको यस पुँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्दछ। विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वहरू हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन्,’ प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृतिसम्बन्धी विषयलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ। विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै यहाँ विभिन्न भाषा, लिपि, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको छ। लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुसरण गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो। यस विशेषतालाई आत्मसात् गर्दै हामी समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा छौं ।’

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung