फाइल तस्बिर
कोटेश्वरको एक घरमा आगलागी भएको छ ।
बिहीबार दिउँसो झोलुंगे पुलनजिकैको एक घरमा आगलागी भएको हो । महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मीअनुसार तीन तले घरको तेस्रो तलामा आगलागी भएको हो ।
अहिले आगो निभाउने प्रयास भइरहेको छ । आगलागी भएको घर कसको हो र कति क्षति भयो भन्ने पूर्ण विवरण आइसकेको छैन।



















































































































































































































