१४ कार्तिक २०८३, शुक्रबार

 

बागलुङ महोत्सवको टिकट बेच्न आश्रमका स्वयंसेवकहरू सक्रिय

बागलुङ महोत्सवको टिकट विक्री गर्ने जिम्मा पाएको मानव सेवा आश्रमले महोत्सवको टिकट बेच्न व्यापाक रुपमा स्वंय सेवक खटाएको छ ।महोत्सवको टिकट विक्री गर्न ४२ जना स्वयंसेवक सक्रिय भएर लागेका छन् । हामीले टिकट विक्रीको कामलाई व्यवस्थित गर्न व्यापक रूपमा युवा स्वयंसेवक परिचालन गरेको मानव सेवा आश्रमका सञ्चालक शिव खड्काले नयाँ विश्वलाई बताए ।

पौष ११ गतेदेखि २० गतेसम्म हुने बागलुङ महोत्सवको प्रत्येक टिकटको विक्रीबाट मानव सेवा आश्रमलाई ४ रुपैया प्राप्त हुने व्यवस्था भएको आश्रमकी सञ्चालिका सुमिरा लामाले बताइन् ।

टिकट विक्रीको लागि मानव सेवा आश्रम विरगंज शाखाबाट समेत ४ जना आश्रमको अभिभावक आएका छन् । आफूहरूले घरको काम गर्दै महोत्सवमा आश्रमलाई दिएको जिम्मेवारी पूरा गर्न मेहनतपूर्वक लागेको मानव सेवा आश्रम बागलुङ अभिभावक तथा सृष्टि फर्निचर सेन्टरको प्रोपराइटर सरिता गौतमले नयाँ विश्वलाई बताइन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung