भक्तपुरको चाँगुनारायण नगरपालिका– १ दुवाकोटस्थित चाँगुनारायण इञ्जिनयिरिङ कलेजबाट दुवाकोटतर्फ आउँदै गरेको बा१ख ९०९० नं को बस अनियन्त्रित भई घरमाथि खसेर एक जनाको मृत्यु भएको छ ।
मृत्युहुनेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका– ६ घर भई हाल दुवाकोट बस्ने ३० वर्षको भीमबहादुर योञ्जन (तामाङ) रहेको जिल्ला महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।
दुर्घटनामा बसका यात्रु उदयपुर सोरङ नगरपालिका– ४ बस्ने ३४ वर्षीय चित्रबहादुर थापाको दुवाकोटस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।



















































































































































































































