१५ कार्तिक २०८३, शनिबार

 

वडाध्यक्ष कुटिए

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ वडाध्यक्ष भीमबहादुर खत्री कुटिएका छन् ।

काका–भतिजको झगडा मिलाउन खोज्दा वडाध्यक्ष खत्रीमाथि अर्जुन मग्रातीले हातपात गरेका हुन् । मग्राती मादक पदार्थ सेवन गरेर वडा कार्यालय पुगेका थिए ।

आइतबार ११ बजे श्याम मग्राती काठ काट्ने मेसीन भतिज अर्जुनले लगेको भन्दै उजुरीका लागि वडाध्यक्ष भेट्न पुगेका थिए । आफ्नोविरूद्ध काका वडा कार्यालय पुगेको थाहा पाएपछि अर्जुन पनि वडा कार्यालय पुगे।

घटनाबारे वडा सदस्य रमेशकुमार खड्काले दिएको जानकारीअनुसार मापसे गरेका अर्जुनले वडा कार्यालयको कुर्सी, टेवललगायत सामग्री तोडफोड गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung