५ जेष्ठ २०८१, शनिबार

 

किन बढ्दै छ सुनको मूल्य ?

केही दिनदेखि सुनको मूल्य लगातार बढिरहेको भए पनि मङ्गलवार केही घटेको छ । सुनको मूल्य अप्रत्याशित रूपमा बढेपछि विश्वभरि नै विक्री गर्ने क्रम बढेपछि मङ्गलवार सुनको भाउ केही घटेको नेपाली सुन व्यवसायीहरुले बताएका छन् ।

अहिले अमेरिका र इरानबीच जारी तनावले सुनको मूल्य विश्वभरि नै बढेको विज्ञहरुले बताएका छन् ।  नेपाली बजारमा मङ्गलवार छापावाल सुनको भाउ प्रतितोला १ हजार रुपैयाले घटेर ७५ हजार कायम भएको छ । सोमवार छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार थियो ।

नेपाली विक्रेताका अनुसार सोमवार विश्वबजारमा सुनको भाउ प्रतिऔन्स १,५७५ डलर हुँदा नेपाली बजारका लागि मूल्य निर्धारण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्