१५ कार्तिक २०८३, शनिबार

 

मेयरसँग सूचना माग्दा पत्रकारमाथि मुक्का

जनकपुरधाम उप–महानगरपालिकाका प्रमुख लालकिशोर साहको कार्यकक्षमै पत्रकार कुटिएका छन् । समाचार संकलनका लागि कार्यालय पुगेका पत्रकार टोलीमाथि आक्रमण भएको हो ।

मेयरको कार्यकक्षमा उनकै निर्देशनमा नगर प्रहरी, कर्मचारी, कार्यकर्ताको प्रत्यक्ष निर्देशनमा पत्रकारमाथि आक्रमण र कुटपिट गरेको नेपाल पत्रकार महासंघ शाखा अध्यक्ष अनिल मिश्रले जानकारी दिए ।

संघातिक आक्रमणबाट पत्रकार विकासकुमार साह, सञ्जय यादव, अमरकान्त ठाकुर, सुभाष कर्ण, राजा झा, सुमित मिश्र घाइते भएका छन् ।

कुटपिटको क्रममा पत्रकारको मोबाइल र क्यामेरासमेत खोसिएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung