१५ कार्तिक २०८३, शनिबार

 

वीर अस्पताल गेटकै सडक भ्वाङ, देख्दैन महानगर

नेपालकै पुरानो स्वास्थ्य संस्था वीर अस्पतालमा दैनिक हजारौ विरामीको उपचार हुन्छ । राजधानी र माेफसलबाट पनि यहाँ उपचार गराउन विरामी आउने गरेका छन् ।

दैनिक हजारौँ ओहोरदोहोर हुने वीर अस्पताल अगाडी सडकको अवस्था  दयनिय छ । केही नजिक रत्नपार्क जाने सडक चिल्लो हुँदा वीर अस्पतालकै मुख्य गेटको सडक भने खाल्डाखुल्डी युक्त बन्न पुगेकाे छ । कालोपत्र गरिएकाे हो वा होइन भन्ने छुट्याउन गाह्रो  छ ।

प्रधानमन्त्री केपी ओलीले नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङलाई राजधानीका सडक एक महिना भित्र पुरिसक्नु भनेर निर्देशन दिए पनि अस्पतालकाे सडक अवस्था दयनिय छ ।  नेपालकै पुरानो स्वास्थ्य संस्था त्यसैमा विरामी ओहोरदोहर गर्ने स्थलमा सरकारकाे  आँखा नपुग्नु लज्जाको विषय बनेको बिरामीका आफन्तले बताउँछन् ।

यता वीर अस्पतालले भने पहिले संरचना बनाउँदा ध्यान नदिँदा अहिले त्यो अवस्था वेहोर्नुपरेको जनाएको छ । काठमाडौं नगरपालिकाले बनाएको संरचना उसैको जिम्मेवारी भएको र केही समय पहिले बोलाएर भनेपनि सुनुवाइ नभएको वीर अस्पतालका प्रमुख डा. केदारप्रसाद सेन्चुरीले नयाँ विश्वलाई बताए ।

‘हामीले काठमाडौं महानगरपालिकालाई बोलाएर भनेका छौँ, डा. सेन्चुरीले भने, ‘वीर अस्पतालको मुलगेटकै सडकको अवस्था देख्दा अस्पतालले नगरेको जस्तो देखिएको छ, तर महानगरले गर्नुपर्ने हो ।’ महानगरपालिकाले पहिले बनाउँदा नै ध्यान दिएर पानी बग्ने किसिमले बनाएको भए यस्तो झेल्नुनपर्ने डा. सेन्चुरी भनाइ छ ।

वीर अस्पतालका एक कर्मचारीका अनुसार सडक खाल्डा खुल्डी भएको २ महिनाभन्दा बढि भयो । सडक खाल्डा खुल्डी हुँदा हिँड्न समेत गाह्राे छ । व्हिल चियरमा हिड्ने  विरामीका लागि त झनै कष्टकर हरने गरेकाे छ । महानगरपालिकाले भने वीर अस्पताल अगाडी सडक खाल्डो नभएकाे प्रतिक्रिया दिएको छ । महानगरपालिका वडा १५ का वडाध्यक्ष एवम् प्रवक्ता ईश्वरमान डंगालले सडक खाल्डा नपरेको दाबी गरे ।

‘वीर अस्पताल अगाडी खाल्डा खुल्डी छ भन्ने हामीलाई जानकारी आएको छैन उनले भने, यदी त्यसो हो भने वडाध्यक्षसँग समन्वय गरेर तत्काललै काम हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung