५ जेष्ठ २०८१, शनिबार

 

सुनको मूल्यमा गिरावट

पछिल्लो समय लगातार उकालो लाग्दै आएको सुनको मूल्य पुनः ओरालो लाग्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ९०० ले घटेको छ । बुधबारको तुलनामा बिहीबार पनि प्रतितोला रु एक हजारले सुनको मूल्य घटेको थियो ।

आज छापावाला सुनको मूल्य प्रतितोला ७४ हजार ६ सय र तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ३ सय पुगेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार ५ सय र तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार २ सय पुगेको थियो । यस्तै चाँदीको मूल्य पनि सामान्य घटेको छ । बिहीबारको तुलनामा १५ ले घटेर चाँदीको मूल्य प्रतितोला ८ सय ८५ पुगेको छ ।

नेपालको इतिहासमा बुधबार सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । महासङ्घले बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार ५०० र तेजावी सुनको मूल्य प्रतितोला ७६ हजार २०० निर्धारण गरेको थियो ।

सामान्य उतारचढावका बीच कारोवार भइरहेको सुनको मूल्य अमेरिका र इरानका बीचमा तनाव देखिन थालेपछि एकाएक उच्च वृद्धि भएको थियो । अहिले अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्