५ जेष्ठ २०८१, शनिबार

 

सुन मूल्य बढ्यो

निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्यमा आइतबार सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला ४०० ले वृद्धि भएको छ ।

महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ७ सय तोकेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ९ सयले घटेको थियो । शुक्रबार छापावाला सुन प्रतितोला ७४ हजार ६ सय र तेजाबी सुन प्रतितोला ७४ हजार ३ सयमा खरिदबिक्री भएको थियो ।

पहेँलो धातुको मूल्य बढेसँगै चाँदीको मूल्य पनि प्रतितोला पाँचले वृद्धि भएको छ । महासङ्घले आजका लागि चाँदीको मूल्य प्रतितोला ८९० तोकेको छ । पछिल्लो समय विकसित इरान–अमेरिका तनाव, चीन–अमेरिका व्यापार युद्धका कारण विश्व बजारमा सुनको मूल्यमा उतारचढाव देखिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्